शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ३ अर्बले बढ्यो, सीडी रेसियोमा सुधार

images
सोमबार, पुस १२ २०७८
images
निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ३ अर्बले बढ्यो, सीडी रेसियोमा सुधार
images
images

काठमाडौं- पुसयता तरलता बढे पनि वाणिज्य बैंकहरूमा निक्षेप भने घटेको छ। वाणिज्य बैंकहरूको निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ३ अर्बले बढेको छ। 

images
images
images

नेपाल बैंकर्स संघले दिएको तथ्यांकअनुसार पुस २ गतेदेखि ९ गतेसम्म निक्षेप ४ अर्बले घटेर ४२ खर्ब ३९ अर्बबाट घटेर ४२ खर्ब ३५ अर्बमा आइपुगेको छ। कर्जा लगानी ३ खर्बले बढेर ४० खर्ब ८५ अर्बबाट ४० खर्ब ८८ अर्ब पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। 

images
images

संघकाअनुसार मंसिर २४ मा ९१.४९ प्रतिशतसम्म पुगेको सीडी रेसियो पुस ९ मा ९१.३ प्रतिशत कायम भएको छ। पुस ६ गतेसम्म समग्र बैंकिंङ प्रणालीमा निक्षेप १७ अर्बले बढ्दा कर्जा प्रवाह मात्रै ७ अर्ब रुपैयाँले बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको थियो। पुस ६ गतेसम्म समग्र बैंकिङ प्रणालीमा निक्षेप ११६ अर्ब जम्मा भएको छ भने ४३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। 

images
images

बैंकमा तरलता र विदेशी मुद्रा संचितिमा दबाब परेपछि बस्तुहरू नै तोकेर आयातमा कडाइ गर्नसमेत राष्ट्र बैंकले सुरु गरेको छ। नेपाल राष्ट्र बैंकले पुस ५ गतेमात्रै ९२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। 

जसमध्ये ५२ अर्ब रुपैयाँ मात्रै चालु साता बैंकिंङ प्रणालीमा पठाउने तयारी गरेको छ। साथै थप ४० अर्ब रुपैयाँ पनि यो महिनाको अन्तिमसम्ममा प्रणालीमा पठाउने तयारी राष्ट्र बैंकले गरेको छ।  


प्रकाशित : सोमबार, पुस १२ २०७८१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend