शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कुरिलोखेतीबाट पदमबहादुरले गरे एकै याममा ७ लाख मुनाफा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २ २०८१
images
कुरिलोखेतीबाट पदमबहादुरले गरे एकै याममा ७ लाख मुनाफा

किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ।

images
images

नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्। 

images
images
images

मध्यविन्दु नगरपालिका-३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन्। सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए। 

images
images

हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्। 'यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ', उनले भने। दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए।

images
images

किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ। 

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए। गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनले बताए। हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी तीन सय रुपैयाँ छ र थोकमा मूल्य दुई सय ५० रुपैयाँ छ। 

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन्। विगत पाँच वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लागेका हुन्।

उनको बारीमा  कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन्। आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनले बताए। रासस


प्रकाशित : आइतबार, असार २ २०८१०९:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend