बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

भिजिट भिसामा कडाइ गर्न सांसदहरूको माग

images
सोमबार, पुस १२ २०७८
images
images
भिजिट भिसामा कडाइ गर्न सांसदहरूको माग

भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले दुःख पाउने गरेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

images
images

काठमाडौं- भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरूले बताएका छन्। 

images
images

आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले दुःख पाउने गरेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

images
images

बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरूले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए। विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरू बढेको भन्दै उनले विदेश जान नै सहज बनाउनुपर्ने बताए। विदेश जान सहज नहुँदा विभिन्न खालका अपराधिक घट्ना घट्ने गरेको उनको भनाइ छ। नेपाली कामदारहरूलाई आफूले गर्ने कामको बारेमा पूर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उनले जोड दिए।

images
images

‘विभिन्न चोर बाटो बाट जाने गरेको यो भिजिट भिसाको नाममा वा अन्य भिसाको नाममा जाने र कानूनी व्यवस्थापन राम्रो सँग नभएको कारणबाट नेपाली कामदारहरूले दुःख पाउने अवस्था रहेको मैले महशुस गरेँ। त्यसैले यसलाई समितिको निर्देशन र विद्यमान कानूनहरूको बिचमा एउटा तारतम्य मिलाएर हामीले सहज रुपले अगाडी कसरी बढाउने त्यतापट्टी सबै पक्ष मिलेर सहज गर्नुपर्छ भन्ने मेरो धारणा छ', उनले भने, 'सहज नगरिदाको अवस्थामा विभिन्न किसिमले अपराधिक घटनाहरू घट्ने गरेको र नेपालीहरूले दुःख पाउने रहेछ। नेपाली कामदार कुन काममा जाने हो, त्यसको पूर्ण जानकारी हुनुपर्ने र त्यो विषयमा पोख्त तालिमको व्यवस्थापन गरेर स्किल मेनपावरको रुपमा मात्रै पठाउने व्यवस्था गरौँ । त्यसका लागि कहाँ कहाँ कानून संशोधन गर्नुपर्छ, ऐन, नियम तर्जुमा गर्नुपर्छ त्यो गरुम्।’

यस्तै सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राखिन्। भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाइ छ। विदेश पुगेका नेपाली कामदारहरू दूतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उनले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताइन्।

उनले भनिन् ‘हाम्रो नागरिक योग्य भएर नै जानु वेश हुन्छ। त्यसको लागि सरकारले के के गरिरहेको छ? के के प्रशिक्षण दिइरहेको छ? उनीहरूको भाषाको पनि अभाव हुन्छ। योग्य बनाएर पठाइदिए राम्रो हुन्छ। अप्ठ्यारोमा दूतावास, घरमा सम्पर्क गर्न पनि दिँदैन भनेको सुनिन्छ। यो सबै कुराको ग्यारेन्टी हुनुपर्‍यो जुन ठाउँमा जानुहुन्छ घर, दूतावासमा सम्पर्क गर्न सकुन्।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए।

स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उनले बताए। व्यवसायिक कामदारलाई विदेश पठाउन सक्नुपर्ने उनले बताए। मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए।

सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यससँग सम्बन्धित सरकारी निकायहरू गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरू बसेर देखिएका विकृति र विसंगती हटाउनुपर्ने बताए। उनले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्ने बताए।


प्रकाशित : सोमबार, पुस १२ २०७८१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend