बिहीबार , मंसिर १३ गते २०८१    
images
images

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

images
शनिबार, असार १ २०८१
images
images
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

यस्तै वित्तीय हस्तान्तरणका लागि मन्त्री आचार्यले ३ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरेका छन्।

images
images

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ।

images
images
images

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आर्चायले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गरेका हुन्।

images

कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रूपैयाँ र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ।

images

यस्तै वित्तीय हस्तान्तरणका लागि मन्त्री आचार्यले ३ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरेका छन्।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड, संघबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड, संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, असार १ २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend