बिहीबार , मंसिर १३ गते २०८१    
images
images

सुदूरपश्चिम प्रदेशले आगामी आवका लागि ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

images
शनिबार, असार १ २०८१
images
images
सुदूरपश्चिम प्रदेशले आगामी आवका लागि ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ।

images
images

काठमाडौं- सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ। शनिबार प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

images
images
images

मन्त्री पालले आगामी आर्थिक वर्षदेखि प्रदेशको आम्दानी बढाउनका लागि करका दरसमेत हेरफेर गरेका छन्।

images

उनले घरजग्गालगायत क्षेत्रको करका दर हेरफेर गरेको जानकारी दिए। उनले टाँगा र रिक्सा जस्ता यातायातका साधनमा समेत कर लगाउने र स्थानीय तहसँग बाँडफाँट गर्ने व्यवस्था गरेका छन्।

images

प्रदेशका निजी व्यवसायीलाई औपचारिक अर्थतन्त्रमा ल्याउने गरी व्यवसाय नवीकरण वा दर्ताको व्यवस्था गरिएको मन्त्री पालले बजेटमार्फत जनाएका हुन्।

कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ।

यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री पालले बताएका छन्।


प्रकाशित : शनिबार, असार १ २०८११७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend