मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

कर्णालीले भौतिक पूर्वाधार विकासका लागि छुट्यायो १० अर्ब ४६ करोड, कुन सडकका लागि कति बजेट?

images
शनिबार, असार १ २०८१
images
कर्णालीले भौतिक पूर्वाधार विकासका लागि छुट्यायो १० अर्ब ४६ करोड, कुन सडकका लागि कति बजेट?

९० वटा झोलुंगे पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले २० करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ।

images
images

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रूपैयाँको बजेट ल्याएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि मात्रै १० अर्ब ४६ अर्ब करोड रूपैयाँ छुट्याएको छ।

images
images
images

यस्तै रुकुम र जाजरकोट भूकम्पले क्षति गरेको संरचना निर्माणका लागि ५० करोड विनियोजन भएको छ।

images
images

यसैगरी प्रदेश राजधानी पूर्वाधार विकास कार्यक्रमका लागि ३० करोड, छरिएर रहेका बस्ती तथा जोखिमयुक्त बस्तीलाई मध्यनजरी गरी एकीकृत बस्ती विकासका लागि ४६ करोड रूपैयाँ कर्णाली सरकारले छुट्याएको छ।

images
images

९० वटा झोलुंगे पुल निर्माणका लागि २० करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ।

यसैगरी प्रदेशस्तरीय सडकहरुमा आवश्यकताअनुसार पुन: निर्माणका लागि ६८ करोड रूपैयाँ र सुर्खेत विमानस्थलको ढल व्यवस्थापन र सडक स्तरोन्नतिका लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।

प्रदेश सरकारले त्रिपुराकोट-छल हुँदै मोरेलेक सडक निर्माणका लागि ६ करोड ५० लाख रूपैयाँ, छेडा-गढी-लेखगाँउ-श्रीचौर- कल्यानकाँध सडकका लागि ३ करोड रूपैयाँ छुट्याएको छ।

प्रदेशको महत्वका सडक निर्माणका लागि ८८ करोड ७० लाख रूपैयाँ र रुकुमपश्चिमका दुर्गम क्षेत्रका सडक निर्माणमा १२ करोड रूपैयाँ विनियोजन गरिएको छ।

यसैगरी एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सडकहरुको काममा लागि १ अर्ब ३ करोड रूपैयाँ विनियोजन गरिएको प्रदेश सभामा शनिबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बजेट प्रस्तुतका क्रममा बताए।

स्थानीय तह केन्द्रसँग जोडिने सडक सञ्जालका लागि १२ करोड रूपैयाँ र विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेका प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका सडकका लागि ६० करोड रूपैयाँ छुट्याइएको छ।

अन्तरप्रदेश जोड्ने सडकका लागि ३९ करोड रूपैयाँ विनियोजन गरिएको छ।


प्रकाशित : शनिबार, असार १ २०८११८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend