शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगानीकर्ता नाफा बुक गर्न सचेत हुँदा बजारमा ६९.७७ अंकको करेक्सन

कारोबार भने बढ्यो, १ करोड २९ हजार कित्ता सेयर किनबेच

images
सोमबार, पुस १२ २०७८
images
लगानीकर्ता नाफा बुक गर्न सचेत हुँदा बजारमा ६९.७७ अंकको करेक्सन
images
images

काठमाडौं- लगातार बढेको बजारमा साताको दोस्रो दिन सोमबार भने ब्रेक लागेको छ। अधिकांश कम्पनीहरूले लाभांश घोषणा र बुक क्लोजको मिति धमाधम सार्वजनिक गरिरहेका छन्। कतिपय लगानीकर्ताहरू नाफा बुक गर्ने र पुनः खरिद बिक्रीमा लाग्ने हुँदा सोमबारको बजार घटेको विश्लेषकहरू बताउँछन्। 

images
images
images

गएको साताको अन्तिम तीन दिन र यो साता आइतबार गरेर चार दिनसम्म २३२.६२ अंकले बजारमा सुधार आएको थियो। सोमबार भने ६९.७७ अंकले घटेर बजारमा करेक्सन आएको छ। 

images
images

आइतबार ७१.२० अंकले बजार बढेसँगै पछिल्ला चार दिनमा २३२.६२ अंकको सुधार भएको थियो। आइतबार ७१.२० अंकले बढेर २५९१.४२ बिन्दुमा पुगेको थियो। 

images
images

सोमबार ६९.७७ अंकले घटेर बजार २५२१.६५ बिन्दुमा पुगेको छ। १ करोड २९ हजार कित्ता सेयर किनबेच हुँदा सोमबार ५ अर्ब ६० करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।

सोमबारको घट्दो बजारलाई सेयर विश्लेषकहरूले करेक्सन आएको भनेका छन्। केही सय अंक बढेपछि केही अंक घट्नु स्वभाविक भएको उनीहरूको भनाइ छ। पछिल्लो समय लाभांश घोषणाले पनि सेयर बजारमा चमक देखिएको हो। नाफा बुक गर्न थाल्ने भएकोले सोमबारको करेक्सन देखिएको विश्लेषकको भनाइ छ। बजार अब घट्ने ठाउँ नै नरहेको समेत उनीहरूले बताउँदै आएका छन्। 

अघिल्ला केही साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३०० अंक तल झरेको थियो। तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो। 

राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता आइतबारदेखि नै सेयर बजार उकालो लाग्ने विश्लेषण सही देखिएको छ। सोमबार भने बजारमा केही करेक्सन आएको छ। बजारमा देखिएको अवस्थाले अब लगानीकर्ता केही संयम देखिएका छन्। अहिले देखिएको अवस्थाले अब बजार उकालो यात्रामा नै लाग्ने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, पुस १२ २०७८०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend