काठमाडौं- गण्डकी प्रदेश सरकारले अर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि गण्डकीले कुल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रूपैयाँ बजेट छुट्याएको हो।
शनिबार प्रदेश सभामा अर्थिक मामिलामन्त्री टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रूपैयाँ विनियोजन गरेका हुन्।
त्यस्तै पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको हो।