बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

जीएसएम मोबाइल तथा एफटीटीएचमा टेलिकमले ल्यायो नयाँ प्याकेज

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
images
images
जीएसएम मोबाइल तथा एफटीटीएचमा टेलिकमले ल्यायो नयाँ प्याकेज
images
images

काठमाडौं- नेपाल टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ। यी अफरहरु २०८१ असार १ गतेदेखि लागु हुने टेलिकमले जनाएको छ।

images
images

सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन-नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुने जनाइएको छ।

images
images

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस, १५० मिनेट अफ-नेट भ्वाइस तथा १०० अन-नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुने जनाइएको छ।

images
images

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन-नेट एसएमएस सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ। सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ। यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ।

इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत  ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ। 

त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको जनाएकोछ। प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक क्ष्एत्ख् तथा प्रिमियम क्ष्एत्ख् का प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरु र अन्य प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुनेछन्। 

ग्राहकले आफ्नो मोबाइलबाट 'एस्ट्रिक १४१५ ह्यास' डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने जनाइएको छ।


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend