शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

असारमा पनि बैंकहरूले घटाए निक्षेपको ब्याज, घट्दो ब्याजदरले बचतकर्ता निरुत्साहित

images
शुक्रबार, जेठ ३२ २०८१
images
images
असारमा पनि बैंकहरूले घटाए निक्षेपको ब्याज, घट्दो ब्याजदरले बचतकर्ता निरुत्साहित

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम महिना असारका लागि पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन्। 

images
images
images

विदेशी मुद्रा सञ्चिति सहज भैइ बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याज घटाइरहेका छ्न्। जसले गर्दा कर्जाको ब्याजदर विगत २८ महिनायताकै न्यूनतम बिन्दु १०.३४ प्रतिशत कायम भएको छ। 

गत वर्षको फागुनयता नै बैंकहरूले निरन्तररुपमा निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्।

images

असार महिनाका लागि ब्याजदर घोषण गरेका अधिकांश बैंकले घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका छ्न्।

images

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ।

जेठको तुलनामा ब्याजदर घटाएको एनआईसी एसिया बैंकले ब्यक्तिगत मुद्दतीका लागि सबैभन्दा धेरै ७.६९ प्रतिशत ब्याज दिने भएको छ।

एनआईसीसँगै एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ७.६९ प्रतिशत ब्याजदर घोषणा गरेको छ।

नबिल बैंकले जेठको अधिकतम ब्याजदर ६.७५ प्रतिशतबाट बढाएर असारमा ७ प्रतिशत कायम गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले जेठको व्यक्तिगत मुद्दतीतर्फको अधिकतम ब्याजदर ७ प्रतिशतलाई नै निरन्तरता दिएका छ्न्।

प्रभु बैंकले अधिकतम जेठकै ब्याजदर ७.५ प्रतिशतलाई असारमा पनि निरन्तरता दिएको छ। माछापुच्छ्रे बैंकले जेठको तुलनामा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउँदै ७.५० प्रतिशत कायम गरेको छ।

नेपाल बैंकले जेठ महिनाकै ६.७५ प्रतिशतको ब्याजदरलाई असार पनि निरन्तरता दिएको छ।

कृषि बिकास बैंकले सबैभन्दा कम साधारण मुद्दती निक्षेपमा ५.६६ प्रतिशत ब्याज दिने भएको हो। उक्त ब्याजदर यस बैंकले जेठ महिनामा नै तोकेको थियो।

एभरेष्ट बैंकले अधिकतम मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट घटाएर ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.३९ प्रतिशतबाट घटाएर ६.३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७.५ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ७ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट घटाएर ६.७६ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकले ७ प्रतिशतबाट घटाएर ६.९ प्रतिशत कायम गरेको छ। 

राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको तुलनामा १ प्रतिशत बिन्दुले कम ब्याजदर संस्थागत मुद्दती निक्षेपकर्तालाई दिनुपर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको यस व्यवस्थाले गर्दा संस्थागत मुद्दती बचतकर्ताले साधारण मुद्दती बचतकर्ताको भन्दा थप १ प्रतिशत कम ब्याज पाउँदै आएका छन्। पछिल्लो समय घट्दो ब्याजदरका कारण संस्थागत मुद्दती बचतकर्ताले ४ देखि ६.५ प्रतिशतको हाराहारीमा मात्रै ब्याज पाउन थालेका छन्। 

बैंकिङ प्रणालीमा करिब ६ खर्ब अधिक लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह बढ्न नसकेको भन्दै बैंक वित्तीय संस्थाहरूले धमाधम निक्षेपको ब्याजदर घटाइरहेका छन्। 

घट्दो ब्याजदरका कारण बैंकिङ प्रणालीमा लगानी निरुत्साहित हुने खतरा बढेको छ। न्यून प्रतिफल प्राप्त हुने मुद्दती निक्षेपमा लगानी गर्नुभन्दा बढी प्रतिफल प्राप्त हुने अन्य क्षेत्रमा लगानी बढाएमा बैंकिङ प्रणालीमा तरलताको समस्या आउने जोखिम बढेको छ। 

मुद्दती निक्षेपको सट्टा अर्थतन्त्रका अन्य क्षेत्रमा लगानी बढाउँदा अर्थतन्त्रले गति लिने र यसले अर्थतन्त्र चलायमान बनाउने सम्भावना भने हुन्छ।

राष्ट्र बैंकले चालु कर्जासम्बन्धी मार्गनिर्दशनमार्फत कर्जा प्रवाहमा कडाइ गरेकाले बैंकिङ प्रणालीबाट कर्जा लगानी हुन सकेको छैन। चालु आर्थिक वर्ष रेमिट्यान्समा भएको वृद्धि र अर्थतन्त्रका अन्य क्षेत्र सुस्त रहेकाले बैंकिङ क्षेत्रमा मुद्दती निक्षेप बढेको हो।


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend