शनिबार, असोज ५ गते २०८१    
images
images

भन्सार छली ल्याइएका १ करोड ५० लाख बराबरको अवैध सामग्री बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १२ २०७८
images
images
भन्सार छली ल्याइएका १ करोड ५० लाख बराबरको अवैध सामग्री बरामद

पुस महिनाको १० गतेसम्ममा नै ३४ लाख १७ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ।

images
images

वीरगञ्ज- जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब १ करोड ५० लाख रूपैयाँभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ। प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।

images
images
images

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए।

गत मङ्सिर महिनामा १ करोड १३ लाख ७० हजार ९ सय ३७ र यही पुस महिनाको १० गतेसम्म ३४ लाख १७ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ।

सोही अवधिमा स्रोत नखुलेको १८ लाख नेपाली रूपैयाँसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। रासस  

images


प्रकाशित : सोमबार, पुस १२ २०७८०६:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend