बिहीबार , मंसिर ६ गते २०८१    
images
images

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण आयोजना : हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
images
images
हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण आयोजना : हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको छ।

images
images

बागमती- मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको छ।

images
images
images

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।

images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित हेटौँडा सबस्टेसनको आज शुक्रबार विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए। रासस

images


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend