शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

काठमाडौं उपत्यकामा आशिंक बदली, राति हल्का वर्षा हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
images
images
काठमाडौं उपत्यकामा आशिंक बदली, राति हल्का वर्षा हुने

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ।

images
images

आज शुक्रबार काठमाडौंको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए।

images
images

'स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ' उनले भने। कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौं उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए।

images
images
images

विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। 

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ।

देशका बाँकी भागमा मौसम सफा रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend