काठमाडौं- सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आइतबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। सोमबार चाँदीको मूल्य १२ सय ५० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।