मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

तीन कम्पनीको लाभांश बुक गर्ने आज अन्तिम दिन, कुनको कति ?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १२ २०७८
images
images
तीन कम्पनीको लाभांश बुक गर्ने आज अन्तिम दिन, कुनको कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार तोकिएको छ।

images
images

काठमाडौं- तीन कम्पनीको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन रहेको छ। मंगलबार देखि बुक क्लोज हुने भएकोले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार तोकिएको छ।

images
images

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द गर्ने  भएसँगै पुस १२ गते सोमवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

images
images

निर्धनले सेयरधनीलाई २९ दशमलव ५ प्रतिशत बोनस सेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांस वितरण गर्दै छ।  प्रस्ताव पारित गर्नका पुस २५ साधारणसभा बोलाएको छ। 

images
images
images

महालक्ष्मी विकास बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएकाले पुस १२ गते सोमवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमामा साधारणसभा गर्दै छ। 

यसैगरी नेपाल हाइड्रो डेभलोपरले पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेसँगै पुस १२ गते सोमवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले  नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारणसभा गर्र्दै छ। 


प्रकाशित : सोमबार, पुस १२ २०७८०२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend