आइतबार, भदौ २३ गते २०८१    
images
images

भरतपुरका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ३० २०८१
images
images
भरतपुरका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन्

images
images

चितवन- भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ।

images
images
images

महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो। हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन्। 

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन्।

images

वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राम्ह्ण-क्षेत्री परिवारका छन्। ब्राम्ह्ण-क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उहाँले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्यांकसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए।  

महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे। रासस 


प्रकाशित : बुधबार, जेठ ३० २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend