बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमारसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३० करोड बिगो दाबी

images
मंगलबार, जेठ २९ २०८१
images
बागमती नगरपालिकाका निलम्बित मेयर  भरतकुमारसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३० करोड बिगो दाबी

आयोगले आरोपीविरुद्ध समान ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (हाल निलम्बित) भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोप उनीहरुविरुद्ध लागेको छ। आयोगले आरोपीविरुद्ध समान ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ।

images
images

आयोगले नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ।

images
images

आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भने कैद र जरिवानाको मात्रै माग दाबी गरेको छ।

बागमती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरुमाथि लागेको छ।

आयोगले आरोपीहरुविरुद्ध बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend