बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

images
मंगलबार, जेठ २९ २०८१
images
कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

कोशी प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। जसमा ३४ अर्ब दुई करोड ५२ लाख रूपैयाँ बराबर सहुलियत कर्जा स्वीकृत भएको छ।

images
images

काठमाडौं- कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ।

images
images
images

त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन्।

images
images

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात् चार खर्ब ४१ अर्ब रूपैयाँ बराबर कोशी प्रदेशमा छ। त्यस्तै कुल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात् पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ।

images
images

अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब रूपैयाँ बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ।

यस प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। जसमा ३४ अर्ब दुई करोड ५२ लाख रूपैयाँ बराबर सहुलियत कर्जा स्वीकृत भएको छ। सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार आठ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार नौ सय २२ जनाले लिएका छन्।

कुल सात लाख ७९ हजार पाँच सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा सात लाख दुई हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कुल सिञ्चित क्षेत्रफल तीन लाख १५ हजार आठ सय ११ हेक्टर रहेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन नौ खर्ब तीन अर्ब रूपैयाँ बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ।

कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलर बराबर छ। त्यस्तै, गरिबी दर १७ दशमलव १९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ। मुलुकको कुल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव ०६ प्रतिशत बराबर छ। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend