बिहीबार , मंसिर १३ गते २०८१    
images
images

तीन सयभन्दा जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ

images
मंगलबार, जेठ २९ २०८१
images
images
तीन सयभन्दा जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ

पक्राउ परेकाहरुले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाख रूपैयाँदेखि १० लाख रूपैयाँका दरले १५ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको हो।

images
images

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

images
images
images

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-८ का पवन पन्त, भरतपुर महानगरपालिका-१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

images

पक्राउ परेकाहरुले तीन/चार वर्षयता कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

images

उनले भने, 'उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन्।'

पक्राउ परेकाहरुले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाख रूपैयाँदेखि १० लाख रूपैयाँका दरले १५ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको हो।

उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै जागिरका लागि आउनेबाट रकम ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend