काठमाडौं- शिवम् सिमेन्टको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा घटे पनि सेयर मूल्य बढीरहेको छ। शिवम् सिमेन्टको मूल्य आइतबार ९.९२ प्रतिशतले बढेर सर्किट लागेको छ।
सिमेन्टको प्रतिकित्ता १३० रुपैयाँले बढेर १४४१ रुपैयाँमा कारोबार बन्द भएको थियो। कम्पनीले २९ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ। कम्पनीले हालसम्म सेयरधनीलाई बोनस सेयरको लाभांश दिएको छैन। चारवर्षको इतिहासमा हालसम्म १५ प्रतिशतभन्दा कम लाभांश दिएको छैन।
कम्पनीले चुक्ता पुँजी बढाउन लागेको छ। जसमा हकप्रदको चर्चासमेत चलाइएको छ। अहिलेसम्म कम्पनीको हकप्रदको निर्णय भएको छैन। आइतबार मात्रै १ लाख ११ हजार ५ सय ८९ कित्ता कारोबार भएको थियो। भने १५ करोड ५२ लाख ७ हजार ३९ रुपैयाँको कारोबार भएको छ।
पछिल्लो ५२ हप्तामा अधिकतम १९१० रुपैयाँ पुगेको सेयर मूल्य न्यूनतम १०२७ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको ४ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। भने बजार मूल्यांकन ६३ अर्ब ४० करोड ४० लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा शिवम् सिमेन्टको नाफा घटेको छ। सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ। पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।
कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको जनाएको थियो। कम्पनीले आम्दानी साढे १३ प्रतिशतले बढेर २ अर्ब २१ करोड पुगेको छ।
खर्च भने २३ प्रतिशतले बढेको छ। एक अर्ब ६० करोडको खर्च एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। कच्च पदार्थको उपयोग बढेको छ। तर ऊर्जा र इन्धनको खर्च सामान्य भएपनि घटेको छ।
लाभांश कुन वर्ष कति ?