काठमाडौं- सरकारले भन्सार नाकाबाट हुने अवैध आयात-निर्यात तथा तस्करीको सूचना दिने सुराकीले पाउने कमिसन रकम घटाएको छ।
भन्सार नियमावली २०६४ को नियम ४७ को उपनियम १ को खण्ड क मा गरेको व्यवस्था परिमार्जन गर्दै सरकारले सुराकी कमिसन प्रतिशत घटाएको हो।
सरकारले चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराक दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्था थियो। सो व्यवस्था परिमार्जन गरी १० प्रतिशतमा झारिएको हो।
उक्त कमिनस सरकारी कर्मचारीले भने पाउने छैनन्।
सुराक दिने व्यक्ति एकभन्दा बढी दामासाहीले रकम वितरण गरिनेसमेत नियमावलीमा उल्लेख छ।