शनिबार, साउन १२ गते २०८१    
images
images
images

'नाडा अटो एक्सपो २०२४' भदौ ११ गतेदेखि भृकुटीमण्डपमा हुने

images
सोमबार, जेठ २८ २०८१
images
images
'नाडा अटो एक्सपो २०२४' भदौ ११ गतेदेखि भृकुटीमण्डपमा हुने

नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ गत वर्षको भदौ २६ सुरु भएर ३१ गतेसम्म भएको थियो।

images

काठमाडौं- यो वर्षको नाडा अटो एक्सपो भदौ दोस्रो सातादेखि हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो एक्सपो २०२४ मा भने भदौ ११ गतेदेखि हुने भएको छ। 

images
images

सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो गर्ने निर्णय गरेको हो। करिब एक महिनादेखि नाडाले अटो एक्सपोमा सहभागी हुनेबारेमा आफ्ना सदस्यहरूसँग सर्वे सुरु गरेको थियो। 

images

भदौ ११ गतेदेखि सुरु हुने 'नाडा अटो एक्सपो २०२४' भदौ १७ गतेसम्म चल्नेछ। अटोमाबोइल व्यवसायीहरूका लागि नाडा अटो एक्सपो निकै महत्वपूर्ण सावित हुँदै आएको छ। 

नाडा अटो एक्सपोले दसैँ आएको संकेतसमेत गर्दै आएको छ। सवारीसाधन किन्ने र त्यसबारे जानकारी लिनेहरूका लागि एकैस्थानमा नेपाली बजारमा उपलब्ध ब्रान्ड तथा त्यससँग सम्बन्धित विषयको जानकारी लिन सजिलो हुने गरेको छ। 

images

नाडा अटो एक्सपो २०२३ विगतभन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका थिए। नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणहरूबाट आयोजना हुन सकेको थिएन। लामो समयदेखि हुन नसकेकाले नाडा अटो एक्सपो २०२३ मा अटोमोबाइल कम्पनीहरूको अत्यधिक सहभागिता रहेको थियो। 

नाडा अटो एक्सपो २०२४ गत वर्षको भन्दा पनि भव्य हुने अपेक्षा नाडाले लिएको छ। यो वर्ष पनि नाडा अटो एक्सपोमा विद्युतीय सवारीकै दबदबा रहनेछ। विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढेको र नयाँ-नयाँ ब्रान्ड आयात हुने क्रम बढ्दै गएकाले पनि अटो एक्सपोमा विद्युतीय सवारी ब्रान्डको उपस्थिति धेरै हुनेछ। 

नाडा अटो एक्सपोमा धेरै ब्रान्डहरूले आफ्नो उपस्थिति जनाउन राम्रो प्लेटफर्म पाउने र बिक्री समेत बढाउन सक्छन्। नाडा अटो एक्सपो २०२३ मा टाटाको टियागो ईभी ५ सयभन्दा बढी बुकिङ भएको थियो। त्यस्तै अन्य ब्रान्डहरूका विद्युतीय सवारी पनि उल्लेख्य रुपमा बुकिङ भएको थियो। 

काठमाडौंको भृकुटीमण्डप हलमा प्यासेन्जर कार, बाहिर चौरमा कमर्सियल भ्यान तथा कार र गार्डेनमा दुईपांग्रेको स्टल राख्ने तयारी नाडाले गरेको छ। यही जुन १३ तारिखमा नाडाले स्टल बुकिङ खुला गर्ने तयारी समेत गरेको छ। 

खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित सयौँ स्टलहरू रहने छन्। 

नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ गत वर्षको भदौ २६ सुरु भएर ३१ गतेसम्म भएको थियो। 


प्रकाशित : सोमबार, जेठ २८ २०८११८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend