बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

images
सोमबार, जेठ २८ २०८१
images
images
गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य सात दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको सात दशमलव २५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक सात दशमलव १३ प्रतिशतले घटेको छ।

images
images

काठमाडौं- गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ।

images
images

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ।

images
images

गत बैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो।

images
images

राष्ट्र बैंकका अनुसार गत बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत र मरमसलाको आठ दशमलव ९८ प्रतिशत छ।

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य सात दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको सात दशमलव २५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक सात दशमलव १३ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२ दशमलव २६, शिक्षाको पाँच दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको तीन दशमलव ४६ प्रतिशतले बढेको छ। त्यस्तै सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक शून्य दशमलव ४८ प्रतिशतले घटेको छ।

गत बैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ३०, तराईको चार दशमलव ३२, पहाडको चार दशमलव ७० र हिमालको चार दशमलव २२ प्रतिशत रहेको थियो। रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend