शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

असार मसान्तसम्म स्वास्थ्य बीमाका बीमितहरुले बीमा नवीकरण गराइसक्नुपर्ने

images
सोमबार, जेठ २८ २०८१
images
images
असार मसान्तसम्म स्वास्थ्य बीमाका बीमितहरुले बीमा नवीकरण गराइसक्नुपर्ने

नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ।

images
images

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ।

images
images
images

बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० बैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो।

images
images

नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ।

images
images
images

विसं २०८१ साउन १ गतेदेखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ।

बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन्। हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन्। 

सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताइन्। उनले भनिन्, 'नवीकरण आवश्यक छ। नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन्। प्रत्येक वडामा दर्ता सहयोगी छन्।' रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend