बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

मणिमुकुन्देश्वर र कालीगण्डकी जोड्न पदमार्ग निर्माण

images
सोमबार, जेठ २८ २०८१
images
images
मणिमुकुन्देश्वर र कालीगण्डकी जोड्न पदमार्ग निर्माण
फाइल तस्बिर

पदमार्ग निर्माणसँगै दैनिक यहाँका बटुकलाई पनि कालीगण्डकी किनारमा पुगेर स्नान गर्न सहज भएको छ।

images
images

वालिङ- स्याङ्जाको चापाकोट नगरपालिका-८ मा पदमार्ग निर्माण गरिएको छ। पदमार्ग निर्माणपछि यसबाट पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको छ। 

images
images

धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण मणिमुकुन्देश्वर वेदविद्याश्रम गुरुकुल पाठशाला र पवित्र कालीगण्डकी नदीलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको छ।

images
images

मणिमुकुन्देश्वरमा महादेवको विशाल मूर्ति तथा धार्मिक मठमन्दिर रहेकाले धार्मिक पर्यटनका दृष्टिले यसलाई विकास गर्दै लगिएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताए।

images
images

'विश्वकै पवित्र कालीगण्डकी नदी र किनारमा अवस्थित मणिमुकुन्देश्वरको धार्मिक महत्वबारे परिचित गराउन पदमार्ग निर्माण गरेका हौँ', उनले भने, 'कालीगण्डकीमा स्नान गरेर मन्दिरमा  पूजाआजा गर्न पदमार्ग निर्माणसँगै दर्शनार्थीलाई सहज भएको छ।'

मणिमुकुन्देश्वरको थप विकास गर्न नगरपालिका तथा अन्य दाताको सहयोगमा पूर्वाधार निर्माणको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए।

कालीगण्डकीले कटान गरेको भिरालो जमिनका कारण त्यहाँ स्नान गर्न असहज भएकाले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष झलकराम डोटेलले बताए।

'कालीगण्डकीमा हिँडेर जान बाटो थिएन, भीर थियो', उनले भने। गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट प्राप्त दश लाख रूपैयाँबाट कङ्क्रिट र फलामसहितको आकर्षक पदमार्ग निर्माण गरिएको हो। कडा चट्टानका कारण खनेर पदमार्ग बनाउन कठिनाइ भएकाले पनि केही ठाउँमा फलामको सिँढीसहितको पदमार्ग बनाइएको अध्यक्ष डोटेलले बताए।

कालीगण्डकी नदी र धार्मिक महत्वको स्थल मणिमुकुन्देश्वरलाई पदमार्गले जोडेसँगै अहिले यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। मणिमुकुन्देश्वरमा ‘मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकूल पाठशाला’समेत सञ्चालनमा छ।

पदमार्ग निर्माणसँगै दैनिक यहाँका बटुकलाई पनि कालीगण्डकी किनारमा पुगेर स्नान गर्न सहज भएको छ।

गुरुकुल पाठशालामा हाल अभिभावकविहीन आठसहित २९ विद्यार्थी अध्ययनरत रहेका गुरुकुल पाठशाला व्यवस्थापन समितिका अध्यक्ष नारायण बरालले बताए।

स्याङ्जासहित पाल्पा, बाजुरा, मुगु लगायतका जिल्लाबाट विद्यार्थी यहाँ पढ्न आएका छन्। रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend