शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कोशी प्रदेशमा निक्षेपभन्दा कर्जा प्रवाह १ खर्ब ३१ अर्बले बढी, मोबाइल बैंकिङको हिस्सा १४.३४ प्रतिशत

सोमबार, जेठ २८ २०८१
कोशी प्रदेशमा निक्षेपभन्दा कर्जा प्रवाह १ खर्ब ३१ अर्बले बढी, मोबाइल बैंकिङको हिस्सा १४.३४ प्रतिशत

काठमाडौं- बैंक वित्तीय संस्थाले कोशी प्रदेशमा संकलन भएको निक्षेपभन्दा बढी कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह कोशी प्रदेशमा २९.७० प्रतितले बढी रहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारेको संक्षिप्त विवतरणमा कोशी प्रदेशमा बैंक वित्तीय संस्थाहरूले कुल ४ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गेर ५ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उल्लेख छ। 

राष्ट्रियस्तरको निक्षेपमा कोशी प्रदेशको योगदान ७.१३ प्रतिशत रहेको छ भने कर्जामा यसको प्रदेशको हिस्सा ११.२६ प्रतिशत छ। कोशी प्रदेशमा कुल बैंक वित्तीय संस्थाको शाखा १ हजार ८ सय ६२ रहेका छन्। जुन कुल शाखा संख्याको १६.०६ प्रतिशत हो।

जसमध्ये वाणिज्य बैंकको ७ सय ६१, विकास बैंकको १ सय ९५ , वित्त कम्पनीको ३६ र लघुवित्त वित्तीय संस्थाको ८ सय ७० रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जिल्लागत आधारमा सबैभन्दा धेरै बैंकहरूको शाखा मोरङमा ४ सय ५५, झापामा ३ सय ५७ र सुनसरीमा ३ सय ४१ रहेको छ। 

बैंक वित्तीय संस्थाहरूको सबैभन्दा कम शाखा ताप्लेजुङमा ३९ रहेको छ। त्यसपछि एक सयभन्दा कम बैंकका शाखा हुने कोशी प्रदेशका जिल्लाहरूमा सोलुखुम्बु ४१, खोटाङ ४७, तेह्रथुममा ४९, भोजपुर ५४, संखुवासभा ५९, पाँचथर ६८, धनकुटा ८२ र इलाम ९९ रहेका छन्।
डेबिट कार्डमा कोशी प्रदेशको हिस्सा १३.८७ प्रतिशत रहेको छ। 

यस्तै कोशी प्रदेशमा करिब ३४ लाख ११ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन्। राष्ट्रियस्तरमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड ३७ लाख रहेकोमा कोशी प्रदेशको हिस्सा १४.१४ प्रतिशत छ। 

इन्टरनेट बैंकिङमा कोशी प्रदेशको पुहँच ९.९१ प्रतिशत र कुल निक्षेप खातामा कोशी प्रदेशको योगदान १३.३७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब रहेको छ। 

कोशी प्रदेशले चालु आर्थिक वर्ष ३.५१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ। कोशी प्रदेशको सहरी क्षेत्रको प्रतिव्यक्ति उपभोग खर्च १ लाख ३७ हजार ५४ र ग्रामीण क्षेत्रमा १ लाख २ हजार ५ सय ६२ रहेको छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८११६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend