काठमाडौं- नेप्से परिसूचक साताको पहिलो दिन आइतबार ७१.२० अंकले बढेर २५९१.४२ अंकमा पुगेको छ। १३२ कम्पनीको सेयर बढ्दा १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १५ कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ।
आइतबार ३० कम्पनीको सर्किट लागेको हो। १५ वटा इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। अधिकांश इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गर्ने क्रममा रहेकोले पनि लगानीकर्ताहरुमा आकर्षण बढेको हो।
सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ। कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८६.५० रुपैयाँले बढेको छ।
त्यस्तै युनाइनेट इन्स्योरेन्सको पनि ६२ रुपैयाँले बढेको छ। एभरेष्ट इन्स्यारेन्स कम्पनीको पनि ६१.५० रुपैयाँ बढेको छ। त्यस्तै प्रिमियर इन्स्योरेन्स पनि ९१.७० रुपैयाँ बढेको छ। त्यस्तै प्रभु इन्स्योरेन्स ७३.८० रुपैयाँले बढेको छ।
कुनको कति बढ्यो?