शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सांसद भन्छन् - इमानदारीपूर्वक पुँजीगत खर्च गरी विकास निर्माणको प्रभावकारी काम अगाडि बढाउन आवश्यक छ

images
सोमबार, जेठ २८ २०८१
images
सांसद भन्छन् - इमानदारीपूर्वक पुँजीगत खर्च गरी विकास निर्माणको प्रभावकारी काम अगाडि बढाउन आवश्यक छ

सांसद गोपाल भट्टराईले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको काम समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- राष्ट्रियसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटको प्रभावकारी र इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। आज बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले बजेट सहीरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्।

images
images
images

राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले बजेट कार्यान्वयनका लागि इमान्दारिताको आवश्यकतापर्ने बताए। उनले भने, 'इमान्दारीपूर्वक पुँजीगत खर्च गरी विकास निर्माणको प्रभावकारी काम अगाडि बढाउन आवश्यक छ।'

images
images

राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले राजनीतिक दल मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए। फास्ट ट्र्याकमा ऐन बनाउन आवश्यक रहेको उनको भनाइ थियो। सांसद ढुंगानाले सबै काम छाडेर संघीयतालाई बलियो बनाउन ऐनकानून निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे। 'अब गणतन्त्रलाई बलियो बनाउन सबै सजग र सचेत तथा संवेदनशील हुनुपर्छ,' उनले भने।

images
images

सांसद गोमादेवी तिमल्सिनाले हावाहुरीका कारण बालीनालीमा  क्षति पुगेको भन्दै यसबापत राहत पाउनुपर्नेमा जोड दिएकी छिन्। उनले विभिन्न कारणले सञ्चालनमा आउन नसकेका रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउनुपर्ने गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

सांसद राधेश्याम पासवानले संविधानमा व्यवस्था भएको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सांसद नारायदत्त भट्टले मनसुन नजिकिँदै गर्दा यस वर्षको मनसुन अवधिमा १८ लाख मानिस बाढीपहिरोबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गर्दै क्षति न्यूनीकरण गर्न पूर्वतयारी थाल्नुपर्ने बताए।

सांसद गोपाल भट्टराईले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको काम समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

सांसद गंगाकुमारी बेल्बासेले ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको र उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन्। 'ज्येष्ठ नागरिकको हक अधिकारको सुरक्षा हुनुपर्छ, उहाँहरुको स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्छ,' उनले भनिन्। रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend