शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा साताको पहिलो दिन नै हरियाली, लगातारको सुधारले फर्किंदै उचाइको यात्रा

चार दिनमा २३२.६२ अंकको सुधार

images
आइतबार, पुस ११ २०७८
images
सेयर बजारमा साताको पहिलो दिन नै हरियाली, लगातारको सुधारले फर्किंदै उचाइको यात्रा
images
images

काठमाडौं- गएको साता कारोबारको अन्तिम तीन दिन बढेको सेयर बजारलाई यो साता आइतबारको कारोबारले पनि साथ दिएको छ। गएको साता अन्तिम तीन दिन १६१.४२ अंकको सुधार आएको बजार आइतबार ७१.२० अंकले बढेर २५९१.४२ बिन्दुमा पुगेको छ। 

images
images
images

आइतबार केही उतारचढावका बीच बजार एक समय २५९६ को बिन्दुसम्म पनि पुगेको थियो। आइतबार कारोबार रकमा पनि सुधार देखिएको छ। ८६ लाख १ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ। 

images
images

आइतबार १३२ कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ। ५२ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।

images
images

गएको साता मंगलबार ५६.७३ र बुधबार ९२.१६ अंकले बढेको बजारमा कारोबारको अन्तिम दिन बिहीबार १२.५३ अंकको सुधार देखिएको थियो। आज आइतबार ७१.२० अंकले बजार बढेसँगै पछिल्ला चार दिनमा २३२.६२ अंकको सुधार भएको छ। गएको साता आइतबार कारोबार बन्द रहेको बजार सोमबार १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको थियो। 

पछिल्लो एक महिनादेखि नेपाली पुँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ। अघिल्ला केही साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३०० अंक तल झर्न थालेको थियो। तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता आइतबारदेखि नै सेयर बजार उकालो लाग्ने विश्लेषण सही देखिएको छ। बजारमा देखिएको लगातारको सुधारले अब लगानीकर्ता केही संयम अवस्थामा देखिएका छन्। अहिले देखिएको बढोत्तरीले अब बजार उकालो यात्रामा नै लाग्ने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, पुस ११ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend