शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वायुसेवा निगमको व्यापार घट्दो, १० महिनामा १३ अर्ब १३ करोड आम्दानी

images
आइतबार, जेठ २७ २०८१
images
वायुसेवा निगमको व्यापार घट्दो, १० महिनामा १३ अर्ब १३ करोड आम्दानी

जुन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको चैतमा निगमले १ अर्ब ५७ करोड रुपैयाँ र बैशाखमा १ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको थियो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार घट्दो छ। निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार एउटा न्यारोबडी जहाज लामो समय ग्राउन्डेड हुँदा मासिक ३० करोड रुपैयाँसम्म गुमाएकोले व्यापार घटेको हो।

images
images
images

निगमले सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार चालु आवको चैत र बैशाखमा २ अर्ब ८२ करोड रुपैयाँ जहाज उडाएर आम्दानी गरेको छ।

images
images

चालु आवको चैतमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएका २ वटा न्यारोबडी जहाजमध्ये एउटा नाइन एन एकेएक्स जहाज ग्राउन्डेड थियो। जसको असर आम्दानीमा देखिएको थियो।

images
images

नाइन एन एकेएक्स बैशाखको १६ गतेबाट उडानमा आएको थियो। निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा १ अर्ब ३० करोड र बैशाखमा १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ।

जुन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको चैतमा निगमले १ अर्ब ५७ करोड रुपैयाँ र बैशाखमा १ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको थियो। 

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि बैशाख मसान्तसम्ममा निगमले जम्मा १३ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ। जुन तुलनात्मक रुपमा ज्यादै न्यून हो।

निगमको न्यारोबडी जहाज चालु आवको सुरुमै २ महिनाभन्दा बढी र पछिल्लो समय ५ महिनासम्म ग्राउन्डेड हुँदा त्यसको असर आम्दानीमा परेको हो।

निगम स्रोतका अनुसार खर्च भने विगतका वर्षहरूमा भन्दा बढी छ तर आम्दानी घट्दो छ। निगमको आम्दानी न्यारोबडी जहाज ग्राउन्डेड हुँदा घटेको निगमको तर्क छ। आम्दानी घटेपनि खर्च रकममा भने समस्या नरहेको निगमले बताइरहेको छ। तर जहाज खरिदमा लिएको ऋणको आंशिक किस्ता र ब्याजमात्रै तिरीरहेको छ।

अहिलेसम्मको आम्दानीलाई हेर्दा योपटक निगम इतिहासमै सबैभन्दा बढी नोक्सानीमा जाने छ।  आर्थिक वर्ष २०७९/०८० को १० महिनामा निमगको आम्दानी १० अर्ब थियो भने घाटा २ अर्ब १६ करोड थियो।

यसअघि निगमले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी नोक्सानी ब्यहोरेको थियो। उक्त वर्ष निगमले ४ अर्ब ४० करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो। उक्त वर्ष बढी नोक्सानी हुनुको प्रमुख कारण कोराना महामारी थियो।

चालु आवमा १० महिनाको व्यापार हेर्दा निगमले अब बाँकी २ महिनामा ३ अर्ब आम्दानी थप गर्ने छ। ३ अर्ब आम्दानी गरेको अवस्थामा निगमले सवा १६ अर्ब आम्दानी पुर्‍याउने छ।

तर गत आवको १० महिनामै निगमले १६ अर्ब ९६ करोडको आम्दानी गर्दा पनि खर्च २ अर्ब १६ करोडले बढी थियो, यही हिसाबमा निगमले चालु आवमा ५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्ने अवस्था देखिएको छ। 

कुन महिना कति आम्दानी? 

चालु आवको १० महिनामा सबैभन्दा बढी आम्दानी भएको महिना कात्तिक हो। कात्तिकमा निगममा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ४ वटै जहाज (२ वटा वाइडबडी र २ वटा न्यारोबडी) उडानमा थिए।

उक्त महिना निगमले १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसपछि निरन्तर ग्राउन्डेड न्यारोबडी अप्रिल २८ बाट मात्रै उडानमा आएको छ। त्यसअघि निगमको न्यारोबडी एउटा जहाज निरन्तर रुपमा ग्राउन्डेड नै थियो।

असोज २० गतेबाट मंसिरको १४ गतेसम्म  निगमका ४ वटै जहाज उडानमा थियो। सोही कारण चालु आवको कात्तिकमा निगमले सबैभन्दा बढी १ अर्ब ६५ करोड ७७ लाखको आम्दानी गरेको थियो।

मंसिरको १४ दिन पनि ४ वटै जहाज उडानमा थियो। जसकारण मंसिरमा कात्तिकको तुलनामा १५ करोडमात्रै कम आम्दानी गरेको थियो। मंसिरमा भने १ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो। 

यसैगरी असोजमा पनि २० दिन निगमका ४ वटै जहाज उडानमा थिए। जसका कारण निगमको आम्दानी कात्तिकको तुलनामा १९ करोड रुपैयाँले मात्रै घटेको थियो। मंसिर १४ गतेदेखि निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड छ।

निगमको महिनागत आम्दानी.png

जहाज ग्राउन्डेड भएसँगै निगमले माघमा ५१ करोड र फागुनमा ४८ करोड रुपैयाँ आम्दानी गुमाएको छ। चैतमा पनि निमगको एउटा न्यारोबडी जहाज ग्राउन्डेड थियो। जसका कारण चैतमा निगमले ३० करोड रुपैयाँको हाराहारीमा आम्दानी गुमाएको छ। चैतमा निगमले जम्मा १ अर्ब ३० करोड आम्दानी गरेको थियो। 

यसैगरी बैशाखको आधा महिनामा पनि निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड थियो। तर हवाई यात्रुको चाप र हवाई फेयर बढी हुँदा बैशाखमा केही बढी आम्दानी देखिएको छ। बैशाखामा १ अर्ब ५३ करोड आम्दानी गरेको छ।  

अहिले पनि निगमले एउटा न्यारोबडी जहाजमा भाडाको इन्जिन प्रयोग गरिरहेको छ। भाडाको इन्जिनमा मात्रै निगमले दैनिक ९ लाख खर्च गरिरहेको छ। 


प्रकाशित : आइतबार, जेठ २७ २०८११७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend