शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बजेट पुस्तिका अध्ययनका लागि सांसदलाई समय दिन प्रतिनिधिसभा बैठक दुईदिन स्थगन गर्ने निर्णय

images
आइतबार, जेठ २७ २०८१
images
images
बजेट पुस्तिका अध्ययनका लागि सांसदलाई समय दिन प्रतिनिधिसभा बैठक दुईदिन स्थगन गर्ने निर्णय

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगनको सूचना जारी गरिने सभामुखको सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- विनियोजन विधेयकमा छलफल गर्न आज र भोलिका लागि निर्धारित प्रतिनिधिसभाका बैठक स्थगन गर्ने निर्णय भएको छ।

images
images
images

सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसद्‌मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययनका निम्ति पर्याप्त समय उपलब्ध गराउन दुई दिन प्रतिनिधिसभाको बैठक नगर्ने निर्णय गरेको हो।

उक्त विधेयकमा यही २९ गतेदेखि नियमित छलफल हुनेछ।

images

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि दलहरूले समय मागेका कारण बैठक स्थगनको सूचना जारी गरिने सभामुखको सचिवालयले जनाएको छ।

images

सभामुख निवासमा भएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही, मुख्यसचिव डा वैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय उपस्थित थिए। रासस


प्रकाशित : आइतबार, जेठ २७ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend