बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

कामदारको अवरोधले सुनकोसी मरिण डाइभर्सनको काम बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ११ २०७८
images
images
कामदारको अवरोधले सुनकोसी मरिण डाइभर्सनको काम बन्द

मजदूरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ।

images
images

सिन्धुली- मजदूरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको छ। केही दिनदेखि मजदूरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो।

images
images

भर्खरै निर्माणको काम सुरु भएको आयोजनामा काम गर्ने मजदूरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ।

images
images

आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदूर पूर्णबहादुर विकले बताए। उनले भने, 'सुनकोसी-मरिण डाइभर्सनमा आफूले दैनिक आठ घण्टा काम गरेवापत आयोजनाले सुक्खा ५८० रुपैयाँका दरले पारिश्रमिक दिने गरेको छ।' आयोजनको पारिश्रमिकले जीवन धान्न नै मुस्किल हुने उनको गुनासो छ।

images
images

आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैँ बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग राखेकाले आफूहरुको माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईँले बताए। आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनको भनाइ छ।

आयोजनामा मजदूर ११०, मिस्त्री ५०, मेकानिक आठ, अपरेटर २०, वेल्डर सात, दोभासे चार, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० मजदूर कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ गु्रप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिए।

सुनकोसी-मरिण डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदूरलाई तलब दिँदै आएको लूले बताए।

आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ गु्रप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदूरले शुक्रबारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन्। मजदूर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन। रासस


प्रकाशित : आइतबार, पुस ११ २०७८०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend