शुक्रबार, चैत १६ गते २०८०    
images
images

प्रतिस्थापन विधयेक : बजेटको मन्त्रालयगत हेडिङ यथावत राखेर कार्यक्रम चलाइयो

images
images
प्रतिस्थापन विधयेक : बजेटको मन्त्रालयगत हेडिङ यथावत राखेर कार्यक्रम चलाइयो

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक तयार गरेको छ। शुक्रबारको संसदको बैठकमा प्रस्तुत गर्ने गरी अर्थ मन्त्रालयले विधयेक तयार गरेको हो।

images
images

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक तयार गरेको छ। शुक्रबारको संसदको बैठकमा प्रस्तुत गर्ने गरी अर्थ मन्त्रालयले विधयेक तयार गरेको हो। 

images
images
images

चालु आर्थिक वर्षका लागि यसअघि प्रस्तुत भएको बजेटको सीमाभित्र रहे केही कार्यक्रम हेरफेर गर्दै प्रतिस्थापन विधयेक तयार गरिएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयअनुसारको हेडिङ पनि यथावत राखिएको छ।  ‘यसअघि गरिएका विनियोजनमा केही परिवर्तन गरेर प्रतिस्थापन विधयेक तयार गरिएको छ,’ स्रोतले भन्यो,‘त्यसका अतिरिक्त केही करका दर परिवर्तन गरिएको छ। त्यसकारण नयाँ आर्थिक ऐन तयार भएको छ।

images

अर्थ मन्त्रालयले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि केही राहतको घोषणा गर्ने तयारी गरेको छ। पर्यटन उद्योग, मनोरञ्जन क्षेत्र र सार्वजनिक यातायात लक्षित प्याकेज तयारी गरिएको स्रोतको दावी छ। 

images
images

यसैगरी लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ताका क्षेत्र थप गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। विहीबार अबेर राति अर्थ मन्त्रालयले विधयेक टुंगो लगाएको हो।

images

प्रकाशित : बिहीबार , भदौ २४ २०७८०६:००
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय
  • # अर्थमन्त्री


  • प्रतिक्रिया दिनुहोस
    images
    ट्रेन्डिङ