शनिबार, साउन १२ गते २०८१    
images
images
images

ईभी ब्याट्री उत्पादनमा सीएटीएल अगाडि, हिस्सा बढाउँदै बीवाईडी

images
आइतबार, जेठ २७ २०८१
images
images
ईभी ब्याट्री उत्पादनमा सीएटीएल अगाडि, हिस्सा बढाउँदै बीवाईडी

सीएटीएलपछि धेरै ईभी ब्याट्री उत्पादन गर्ने दोस्रो स्थानमा बीवाईडी रहेको छ। २०२४ मा चिनियाँ नयाँ वर्षका कारण विस्तार मन्द देखिएको भएपनि बीवाईडीको ब्याट्री उत्पादन उल्लेख्य रुपमा बढेको छ।

images

काठमाडौं- विद्युतीय सवारीका लागि सबैभन्दा महत्वपूर्ण ब्याट्री हो। हालसम्म आइपुग्दा विद्युतीय सवारीमा ब्याट्रीको लागत करिब आधा रहेको छ। यसअघि यो हिस्सा ५० प्रतिशतभन्दा धेरै रहँदै आएको थियो। 

images
images

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री उत्पादनमा चिनियाँ कम्पनीहरुको दबदबा रहेको छ। ठूला ईभी ब्याट्री उत्पादक कम्पनीहरु चीनमै छन्। विश्वभरका ठूला विद्युतीय कार उत्पादकहरुका लागि चिनियाँ ब्याट्री उत्पादकहरुले नै पर्छन्। 

images

२०२४ मा पनि ईभी ब्याट्रीमा सीएटीएल र बीवाईडीकै दबदबा रहेको छ। २०२४ को जनवरीदेखि अप्रिलसम्मको चार महिनामा विश्वभर उत्पादन भएको कारमा २ सय १६.२ गिगावाट आवर ब्याट्री प्रयोग भएको थियो। यो गत वर्षको सोही अवधिको तुलनामा २१.८ प्रतिशत बढी हो। २०२३ को पहिलो चार महिनामा विश्वभर १ सय ७७.६ गिगावाट आवर ब्याट्री प्रयोग भएको थियो। 

२०२४ को चार महिनामा सीएटीएलले मात्र ८१.१ गिगावाट आवर ब्याट्री विद्युतीय सवारीमा इन्स्टल गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो। विश्वभर प्रयोग भएको ईभी ब्याट्रीमा सीएटीएलको हिस्सा ३७.७ प्रतिशत रहेको छ। 

images

सीएटीएलले विश्वमा धेरै बिक्री हुने विद्युतीय कारहरु टेस्ला मोडल थ्री, मोडल वाई, बीएमडब्लू आईएक्स, मर्सिडिज ईक्यू सिरिज, फक्सवागन आईडी सिरिजमा प्रयोग भइरहेको छ। दुई नयाँ प्यान्ट चीन बाहिर खोल्ने योजना सीएटीएलले बनाएको छ। अन्य ६ वटा ब्याट्री प्लान्ट जर्मनी, थाइल्यान्ड, हंगेरी, इन्डोनेसिया र २ वटा अमेरिकामा खोल्ने योजना सीएटीएलले यसअघि नै घोषणा गरिसकेको छ। 

battery jan apr 2024.PNG

सीएटीएलपछि धेरै ईभी ब्याट्री उत्पादन गर्ने दोस्रो स्थानमा बीवाईडी रहेको छ। २०२४ मा चिनियाँ नयाँ वर्षका कारण विस्तार मन्द देखिएको भएपनि बीवाईडीको ब्याट्री उत्पादन उल्लेख्य रुपमा बढेको छ। २०२४ को चार महिनामा बीवाईडीको विश्व बजारमा ब्याट्री बिक्री हिस्सा १५.४ प्रतिशत रहेको छ। 

यो अवधिमा बीवाईडीले कुल ३३.२ गिगाावाट आवर ब्याट्री विद्युतीय सवारीमा प्रयोग भएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा १८.३ प्रतिशत धेरै हो। बीवाईडीले उत्पादन गरेको ब्याट्री प्रयोग गरि बीवाईडी ईभी नेपाली बजारमा बिक्री हुँदै आएको छ। बीवाईडीका विद्युतीय कार नेपाली बजारमा लोकप्रिय हुँदै गएका छन्। 

सीएटीएल र बीवाईडी पछि तेस्रो, चौथो र पाँचौँ स्थानमा दक्षिण कोरियाली ईभी ब्याट्री उत्पादक छन्। तेस्रो धेरै ईभी ब्याट्री बनाउने एलजी इनर्जी सोलुसनको बजार हिस्सा १३ प्रतिशत रहेको छ। 

त्यस्तै सामसङ एसडीआईको बजार हिस्सा ५.१ प्रतिशत हुँदा एसके अनको ४.८ प्रतिशत रहेको छ। छैटौँ स्थानमा जापानी कम्पनी पानासोनिक रहेको छ। विश्व ईभी ब्याट्री उत्पादनमा पानासोनिकको हिस्सा ४.७ प्रतिशत रहेको छ। 

यसका साथै सातौँ स्गानमा रहेको सीएएलबीको ४.३ प्रतिशत, आठौँ स्थानमा रहेको ईभीई इनर्जीको २.३ प्रतिशत, नवौँ स्थानमा रहेको गोसनको २.२ प्रतिशत र दशौँ स्थानमा रहेको सनवडाको हिस्सा २ प्रतिशत रहेको दक्षिण कोरियाली अनुसन्धान संस्था एसएनई रिसर्चले सार्वजनिक गरेको नयाँ तथ्यांकमा उल्लेख छ। 

नेपाली बजारमा उपलब्ध अधिकांश विद्युतीय कारमा सीएटीएल र बीवाईडीले उत्पादन परेका ब्याट्री प्रयोग भइका छन्। 


प्रकाशित : आइतबार, जेठ २७ २०८१०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend