शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

५ महिनामा ८० करोडको  भारतीय केरा आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १० २०७८
images
५ महिनामा ८० करोडको  भारतीय केरा आयात

नेपालले चालू आर्थिक वर्षको पहिलो ५ महिनामै ८० करोड रूपैयाँ बराबरको भारतीय केरा आयात गरेको छ।

images
images

काठमाडौं- नेपालले चालू आर्थिक वर्षको पहिलो ५ महिनामै ८० करोड रूपैयाँ बराबरको भारतीय केरा आयात गरेको छ।

images
images
images

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिसम्ममा नेपालले भारतबाट २ करोड ५१ लाख २० हजार १ सय ७१ केजी केरा आयात गरेको छ।

images
images

नेपालले भारतबाट ८० करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको केरा आयात गरेको हो। केरा आयातबाट सरकारले ७ करोड २३ लाख ८२ हजार रुपैयाँ भन्सार राजस्व समेत संकलन गरेको छ।

images
images

तर नेपाली केराले बजार नपाउँदा केरा खेती गर्दै आएका किसान भने चिन्तित छन्। नेपालमा उत्पादन भएको केराले बजार पाएको अवस्थामा आयात घट्ने व्यवसायीको भनाइ छ।

साथै नेपाली केराले बजार पाउनका लागि केरामा लगाउँदै आएको भन्सार शुल्क बढाउनु पर्ने व्यवसायीको भनाइ छ।


प्रकाशित : शनिबार, पुस १० २०७८१२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend