शनिबार, असोज ५ गते २०८१    
images
images

काई ब्रान्डको विद्युतीय कार जीओ अटोमोबाइलले ल्याउने

images
शुक्रबार, जेठ २५ २०८१
images
images
काई ब्रान्डको विद्युतीय कार जीओ अटोमोबाइलले ल्याउने

काई एक्सथ्री प्रोमा सीएटीएलले उत्पादन गरेको लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ।

images
images

काठमाडौं- गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइलले पनि चिनियाँ ब्रान्डका विद्युतीय कार नेपाल ल्याउने भएको छ। जीओ अटोमोबाइलले चिनियाँ सवारी उत्पादक कम्पनी चेरीको सबब्रान्ड काई भित्र्याउने भएको हो। 

images
images
images

काई अटोमोबाइल्सको विद्युतीय कार काई एक्सथ्री प्रो जीओ अटोमोबाइलले ल्याउने निश्चित भएको छ। जीओ अटोमोबाइल र काई अटोमोबाइल्सबीच केही समयअघि आधिकारिक बिक्रेता नियुक्तिको सम्झौता भएको हो। 

जीओ अटोमोबाइलले काईको शोरुम काठमाडौंको थापाथलीमा स्थापना गर्ने तयारी गरेको छ। अबको दुई महिनाभित्र काईका विद्युतीय कार नेपाल ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ। 

कम्पनीले काई ब्रान्डको आक्रामक बजार विस्तारका लागि गाडी आयात प्रक्रियासँगै शोरुम, सेल्स, सर्भिसलगायतको तयारीसमेत सुरु गरिसकेको छ। जीओ अटोमोबाइलले पनि सुरुमा काईको एक्सथ्री प्रो नै नेपाल ल्याउने छ। 

images

काई एक्सथ्री प्रोमा सीएटीएलले उत्पादन गरेको लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। यो कारमा प्रयोग भएको इन्टिग्रेटेड लिक्विड कुलिङ सिस्टमसहितको ब्याट्रीले ४ सय १ किलोमिटरसम्म रेन्ज दाबी गरिएको छ।

काई एक्सथ्री प्रोमा ५२.७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ। यो कारमा १०.२५ इन्चको कुल ड्युअल स्क्रिन, अल्ट्रा हाई डेफिनेसन ३६० डिग्री प्यानोरामिक क्यामेरालगायत विशेषता उपलब्ध छ। 

फ्रन्टमा रहेको म्याकफर्सन इन्डेपेन्डेन्ट सस्पेन्सन र रियरमा रहेको मल्टी-लिंक इन्डेपेन्डेन्ट सस्पेन्सनले यात्रालाई आरामदायी र सहजता प्रदान गर्नेछ। 

यो कार डीसी फास्ट चार्जरको सहयोगमा ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ। यो कारमा १ सय २० किलोवाट पिक पावरको मोटर छ। त्यस्तै यसले २ सय ८० एनएम पिक टर्क जेनेरेट गर्छ। काई एक्सथ्री प्रोले ३.७७ सेकेन्डमै शून्यदेखि ५० किलोमिटरसम्मको स्पीड तय गर्न सक्छ। यो गाडी ४४ सय एमएम लम्बाई, १८ सय ३१ एमएम चौडाई र १६ सयउ ५३ एमएम उचाईको रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend