बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

images
बिहीबार , जेठ २४ २०८१
images
दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टरहरु सञ्चालन गरिरहेको छ।

images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ।

images
images
images

आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षी चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका-३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो।

images
images

एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन्। नयाँ सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवा लिन सक्छन्। 

images
images

एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत यस नयाँ सेन्टरबाट लिन सकिन्छ। यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।  

चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, 'हामी विगत १० वर्ष देखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौँ र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ। ग्राहक सेवाका लागि स्थानिय स्तरमा नै उपस्थिति जनाइ हाम्रा ग्राहकहरुलाई ‘सधैँ अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो।'

नयाँ सेन्टरले आइतबारदेखि शुक्रबारसम्म हप्ताको ६ दिन ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ। यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।

उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टरहरु सञ्चालन गरिरहेको छ।


प्रकाशित : बिहीबार , जेठ २४ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend