शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक २०८१’ बहुमतले स्वीकृत

images
बिहीबार , जेठ २४ २०८१
images
images
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक २०८१’ बहुमतले स्वीकृत

अर्थमन्त्री वर्षमान पुनले सञ्चित कोषबाट चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासमेत गरी १४ खर्ब ५७ अर्ब चार करोड ९६ लाख रूपैयाँ खर्च गर्न प्रस्ताव गरिएको उल्लेख गरे।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा उक्त प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए।

images
images
images

यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१/८२ को सेवा र कार्यको लागि संघीय सञ्चित कोष रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न संसद्समक्ष पेस गर्नुपरेको बताए।

उनले सञ्चित कोषबाट चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासमेत गरी १४ खर्ब ५७ अर्ब चार करोड ९६ लाख रूपैयाँ खर्च गर्न प्रस्ताव गरिएको उल्लेख गरे।

images

उनले भने, 'अधिकांश विषयवस्तु साविकको अुनरुप नै आएका छन्, तर केही नयाँ विषय हामी त्यसमा समावेश गरेका छौँ।'

images

मन्त्री पुनले विधेयकले विषयगत मन्त्रालयलाई बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु दयालबहादुर शाही, राजनकुमार केसी, हितराज पाण्डे र प्रेम सुवालले भाग लिएका थिए। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend