बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

१२ करोड २९ लाख लागतमा मानपुर-डेडगाउँ सडक कालोपत्र

images
बिहीबार , जेठ २४ २०८१
images
images
१२ करोड २९ लाख लागतमा मानपुर-डेडगाउँ सडक कालोपत्र

घिरिङ गाउँपालिका-४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिएको हो।

images
images

तनहुँ- गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर-डेडगाउँ-बुलिङटार जोड्ने सडकखण्डको आठ किलोमिटर सडक कालोपत्र गरिएको छ।

images
images
images

तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिएको हो। बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिए।

images
images

नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दुरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ। 'पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्र गरी दोस्रो चरणको काम अघि बढाइएको छ', इञ्जिनियर मिश्रले भने, 'बाँकी सडक छिट्टै कालोपत्र गर्ने योजनाअनुरुप काम भइरहेको छ।'

images
images
images

उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिरदेखि काम सुरु भएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन भएपछि निर्माण कार्य अघि बढाइएको हो। ३५ करोड १४ लाख रूपैयाँको लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख रूपैयाँमा सडक कालोपत्रको ठेक्का पाएको थियो।

कोरोनाको महामारीका कारण निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय प्रमुख कृष्ण आचार्यले बताए। उनका अनुसार सडकको चौडाइ सात मिटर रहेको छ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend