बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको माग

images
बिहीबार , जेठ २४ २०८१
images
सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए।

images
images

काठमाडौं- सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गरेका छन्।

images
images
images

उनले भने, 'संसारका पर्यटक सगरमाथा घुम्न आउँछन्। तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ। विमानस्थल विस्तार गर्न गतवर्षको बजेटले ध्यान दिन सकेन। सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ।'

images
images

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए।

images
images

सांसद रुपा सो.शी चौधरीले संसदबाट कानून निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन्। सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असिमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिइन्।

सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटकपटक बजेट छुट्याइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गरिन्। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend