बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २४ २०८१
images
images
स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ

बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

भक्तपुर- स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ।

images
images

पक्राउ पर्नेे चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन्। 
 
आज सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

उनीहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

images
images
images


प्रकाशित : बिहीबार , जेठ २४ २०८११०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend