बिहीबार , मंसिर १३ गते २०८१    
images
images

मध्यपहाडी लोकमार्ग : पर्वत खण्डमा काम सकिएको तीन वर्षमा पनि बनेन चारवटा खोलामा पुल, यात्रा असहज

images
बुधबार, जेठ २३ २०८१
images
images
मध्यपहाडी लोकमार्ग : पर्वत खण्डमा काम सकिएको तीन वर्षमा पनि बनेन चारवटा खोलामा पुल, यात्रा असहज

तमादी खोलामा बर्सातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ।

images
images

पर्वत- पूर्व-पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि यहाँ पर्ने चारवटा खोलामा पुल नबन्दा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ। पर्वत खण्डअन्तर्गत विभिन्न खोलामा चारवटा मोटरेबल पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म एउटा पनि पूरा हुन सकेको छैन।

images
images
images

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चारवटा मोटरेबल पुल निर्माणको तयारी छ। पोखरा-कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ। 

images

कुश्मा नगरपालिका-७ र ८ को बीचमा पर्ने तमादी खोलामा पुल निर्माण भइरहेको कार्यालयका इन्जिनियर धिरज ढकालले जानकारी दिए। उनका अनुसार पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ। ६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्ध बाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ।

images

तमादी खोलामा बर्सातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ। यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीनजनाको मृत्यु भएको थियो।

इन्जिनियर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेबल पुल पनि निर्माण भइसक्नुपर्नेमा अहिलेसम्म सुरु भएका छैनन्। कुश्मा-८ मा पर्ने सुन्दरे खोलाको पुल निर्माणका लागि डिजाइन स्वीकृत भइसकेको छ।

करिब ८० मिटर लामो पुलको जिम्मा लुम्बिनी प्राकृतिक जेभीले लिएको छ। पुल निर्माणका लागि ठेकेदार कम्पनीले कामदार खटाइसकेको बताए पनि अहिलेसम्म काम सुरु भएको छैन। 

उक्त कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको हो। मोदीखोलामा ६२ मिटर र पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन्। उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।

निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेबल पुल बनाउन लागेकाले सबै पुलको लागत ४४ करोड १५ लाख रूपैयाँ रहेको कार्यालयका इन्जिनियर ढकालले जानकारी दिए।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ।

सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend