शनिबार, असोज ५ गते २०८१    
images
images

विराटनगरमै सिक्किमको एमजी रोड

images
शनिबार, पुस १० २०७८
images
images
विराटनगरमै सिक्किमको एमजी रोड

प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ। 

images
images

काठमाडौं- प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ। 

images
images
images

सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवं ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ। यो हिमालय रोडको सौन्दर्यकरणले विराटनगरको मात्र होइन प्रदेशकै गौरव बढ्ने विश्वासले महानगरपालिकाले योजना अघि सारेर काम सुरु गरेको बताइएको छ।

भारतको सिक्किममा एमजी रोडबाट प्रशिद्धि कमाएको सिक्किम जाने पर्यटक घण्टौँ एमजीरोडमा विश्राम गरेर मनोरञ्जन लिइरहेका हुन्छन्। अहिले सो झल्को दिने विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि सुरु गरेको अभियानका विषयमा अतिरञ्जित गर्न खोजिएको जनाइएको छ। 

महानगरपालिकाले परियोजनाका विषयमा सरोकारवाला नागरिक र स्थानीयसँग पर्याप्त छलफल गरेर नै यो कार्यक्रम ल्याएको जनाएको हो।

images

विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडका रुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी ब्युटिफिकेसन गर्न लागिएको महानगरको भनाइ छ।

महानगरका प्रमुख भीम पराजुलीले स्थानीय घरधुरीसँग निर्माणका विषयमा गुरुयोजना बनाउँदै सहमति गरिएको, स्थानीयको सुझावका आधारमा निर्माणका कार्य समाविष्ट गरिएको, रोड ब्लक नहुने गरी आवागमन व्यवस्थित गर्न लागिएको, रथयात्रा गर्नका लागिसमेत समस्या नपर्ने, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक आवागमन नरोकिने गरी र पार्किङको समेत व्यवस्थापन हुनेगरी व्युटिफिकेसन गर्न लागिएको जानकारी दिए। 

उक्त सडकलाई केही महिनाभित्रै सक्ने महानगरको योजना छ। एक सय ५० मिटर दूरी रहेको हिमालय रोडलाई नयाँ स्वरुप दिन लागिएको छ।

सिक्किमको एमजी रोड कै डिजाइनमा बत्र लागेको रोडमा घुम्न आउनेलाई बस्ने ठाँउ, सडकमै खान सकिने गरि स्ट्रिट फुडका स्टल, सडकका दुवै किनारमा आकर्षक रङरोगनसहितको मार्बल ओछ्याउनका साथै फूलका गमला राखेर साज सजावट गरिने महानगरले जनाएको छ।

साथै रोडमा रातको समयमा विद्युत् जाँदा पनि बत्ती बलिरहने गरी सोलार बिजुली र सिसि क्यामेरा जडित आकर्षित मूर्ति राखिने भएको छ।

सडकको दुवै किनारमा भएका भवनलाई आकर्षक रङ लगाइने बताइएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हिमालय रोडको सौन्दर्यकरणले कसैलाई पनि हानी नहुने बरु सबैलाई आनन्दको अनुभूति हुने बताए। 

विराटनगरलाई नै चमक र चहकिलो बनाउने यो रोड करिब  एक करोड ५० लाखभन्दा बढी लागतमा निर्माण हुनुले नै यसको सौन्दर्य र सजावटबाट विराटनगर आउने जो कोहीलाई आनन्द अनुभूति हुने बताए। 

रासस


प्रकाशित : शनिबार, पुस १० २०७८०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend