शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

चितवनका किसानले पाएनन् दूधको भुक्तानी, ७० करोड रुपैयाँभन्दा बढी बक्यौता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २३ २०८१
images
चितवनका किसानले पाएनन् दूधको भुक्तानी, ७० करोड रुपैयाँभन्दा बढी बक्यौता

चितवनमा पाँच सय हाराहारी पशुपालन फार्म छन्। यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ।

images
images

चितवन- चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको बताएका छन्।

images
images
images

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ।

images
images

एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्।

images
images

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ। दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड रुपैयाँबाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ। यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ।

चितवनमा पाँच सय हाराहारी पशुपालन फार्म छन्। यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८१०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend