बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

नेप्सको प्राप्तिपश्चात एनसीएचएलको एकीकृत कारोबार सुरु

images
मंगलबार, जेठ २२ २०८१
images
नेप्सको प्राप्तिपश्चात एनसीएचएलको एकीकृत कारोबार सुरु

प्राप्तिपछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड रूपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रूपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकीकृत कारोबार सुरुवातको घोषणा गरेको छ।

images
images
images

एनसीएचएलले जेठ २१, सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी एकीकृत कारोबारको घोषणा गरेको हो। नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरुबीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो।

images
images

उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्च पदस्तहरु, सरकारी निकायका पदस्तहरु, बैंक वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु लगायतका प्रतिनिधिज्यूहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

images
images

बैशाख १३ गते दुवै संस्थाहरुले आ-आफ्नो विशेष साधारण सभाबाट स्वीकृति प्राप्त गरी आवश्यक सम्पूर्ण कानूनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृतिपश्चात उक्त प्राप्ति सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो।

भुक्तानी तथा फर्छ्यौट विनियममा रहेको प्रावधानअनुसार डीडीए अडिटरले मूल्यांकनलगायत विभिन्न पक्षको समीक्षासहितको प्रक्रिया पूरा गरी १:०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो। दुवै संस्थाहरु बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित भएकाले प्राप्तिपश्चात पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेरबदल भएको छैन।

दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आ-आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन्। नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ। प्राप्तिपश्चात नेप्सले कार्डको पूर्वाधारअन्तर्गत दिने गरेको कार्ड जारी, प्राप्ति, निजीकरण तथा यससम्बन्धी सम्पूर्ण सेवाहरुलाई ईएफटी कार्ड सर्भिसेजको रुपमा निरन्तरता दिनेछ भने सो पूर्वाधारलाई थप सुदृढ गरी नेपाल पे कार्डको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने जनाइएको छ।

प्राप्तिपछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड रूपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रूपैयाँ कायम भएको छ। २०८० चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ११३ खर्ब रूपैयाँभन्दा बढी रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोड रूपैयाँभन्दा बढी रहेको छ।


प्रकाशित : मंगलबार, जेठ २२ २०८१११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend