शनिबार, साउन १२ गते २०८१    
images
images
images

यो साता बढेको २ खर्ब २ अर्ब रूपैयाँले सेयर बजारमा देखियो आश, आउने साता के होला?

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १० २०७८
images
images
यो साता बढेको २ खर्ब २ अर्ब रूपैयाँले सेयर बजारमा देखियो आश, आउने साता के होला?
images

काठमाडौं- निरन्तरको निराशाका बीच कारोबारको यो साता सेयर बजारमा तीन दिन उत्साह देखियो। मंगलबार ५६.७३ र बुधबार ९२.१६ अंकले बढेको बजारमा कारोबारको अन्तिम दिन बिहीबार १२.५३ अंकको सुधार देखिएको थियो। जसले पछिल्ला तीन दिनमा बजारमा १६१.४२ अंकको सुधार आयो। 

images
images

एक साताकै अवस्थालाई हेर्ने हो भने सेयर बजारमा १४३.४९ अंकले वृद्धि भएको छ। आइतबार कारोबार बन्द रहेको बजार सोमबार १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको थियो। त्यसअघि अघिल्लो साताको अन्तिम दिन बिहीबार पनि बजारमा गिरावट आएको थियो। अघिल्लो साताको बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा रोकिएको थियो।

images

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ। गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताको यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कूल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ।   

यो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको थियो। आइतबार सरकारले सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि बन्द भएको थियो। तर सातामा चार दिन मात्र कारोबार हुँदा पनि नेप्से परिसूचक तीन दिन वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ। चार दिन भएको कारोबारमा नेप्से परिसूचक २५२०.२३ बिन्दुमा रोकिएको छ।

images

पछिल्लो एक महिनादेखि नेपाली पुँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ। अझ अघिल्लो साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झन थालेको थियो। तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता आइतबारदेखि नै सेयर बजार उकालो लागेको देखिन्छ।

बजारमा देखिएको सुधारले अब लगानीकर्ता केही संयम अवस्थामा देखिएका छन्। गएको साता मंगलबारको सकारात्मक सर्किटपछि पनि उतारचढावमा देखिएको बजारमा यो साता मंगलबार, बुधबार र बिहीबार नै भएको बढोत्तरीले अब बजार उकालो यात्रामा नै लाग्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको थियो। तीन दिनको बजार उकालो लाग्नाले अब सम्हालिने अनुमान भइरहेका छन्।

'बजारमा अहिले केही कुराहरू सकारात्मक देखिएका छन्, अब केही दिन पनि यस्तै आइरह्यो भने राम्ररी नै सुधार हुनेछ। अब बजारमा हामी २६५० को आँकलन गर्न सक्छौँ। विचार गर्दा बजार अब ठीक भइसकेको छ' विश्लेषक विष्णु बस्याल अब बजार ठीक भइसकेको भन्दै सुनाए। 

गएको साताको उतारचढावबाट अहिले बजार बाहिर निस्किएको विश्लेषकहरू बताउँछन्। तीन दिन बजारमा देखिएको सुधारपछि अब लगानीकर्ताले सोच पुर्‍याएर निर्णय गर्दा उच्च बिन्दुको यात्राले फाइदा मिल्नसक्ने विश्लेषण भइरहेका छन्।


प्रकाशित : शनिबार, पुस १० २०७८०२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend