शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बागलुङको रेशमा १ सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २२ २०८१
images
images
बागलुङको रेशमा १ सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउनेगरी चियाखेती गरिएको हो।

images
images

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका-७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ। बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो।

images
images
images

विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ। परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो। वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ। 

चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको काठेखोला गाउँपालिका-७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताए।

images

पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती सुरु गरेको उनले बताए।

images

चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउँछन्। अब थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उनले बताए।

गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउनेगरी चियाखेती थालेको लामिछानेले बताए।

सात वर्ष अगाडि लगाएका बिरुवामध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उनले जानकारी दिए। किसानहरूले पनि निकै चासो दिएर बिरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना गर्न हुन थालेको अध्यक्ष लामिछाने बताउँछन्।

'चियाखेतीमा दुई सय घरपरिवार आबद्ध हुनुहुन्छ, यसबाट आउने प्रतिफल सबैले पाउनुहुन्छ, चियाखेतीबाट वार्षिक ३० लाख आम्दानी गर्ने लक्ष्य राखेका छौँ, पहिले ७२ रोपनीमा खेती गरिएकामा अहिले थप ७२ रोपनी जग्गा भाडामा लिएका छौँ, अब एक सय ४२ रोपनीमा खेती हुने छ', अध्यक्ष लामिछानेले भने, 'बजेट छैन, तर पनि गाउँलेमा काम गर्ने उत्साह छ, केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौँ, केही वर्षमा यहाँ चिया बगान हेर्न आउनेको लर्को लाग्ने अपेक्षा लिएका छौँ।'

चियाको बजारमा बढ्दो माग हुँदा मागअनुसार उत्पादन गर्न नसकिएको स्थानीय किसान मुक्तिराम थापाले बताए। यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने उनले बताए।

चियाखेती विस्तार गर्दा हालसम्म करिब ५० लाख खर्च भइसकेको छ। चिया प्रशोधन गर्न मेसिनसमेत गाउँमा ल्याइएको हुँदा अब धेरै समस्या नभएको उनी बताउँछन्। अहिलेसम्म मुनाफा नभएको भन्दै यस वर्षदेखि छ हजार बिरुवाबाट निरन्तर मुनाफा दिने थापाको भनाइ छ। प्रत्येक हप्ता १० किलो चियाको कच्चा पदार्थ उत्पादन हुन थालेको उनी बताउँछन्।

उनले भने, 'पहिला गाउँमा चियाखेती हुन्छ भन्ने लागेको थिएन, गाउँलेहरु एकजुट भइयो, वडा कार्यालयले पनि निकै तदारुकता देखायो, चियाखेतीले गर्दा गाउँको स्वरुप नै फेरिएको छ, पहिले झाडीले ढाकिएको जमिन अहिले चिया पलाएका छन्, गाउँ छाडेर गएकालाई पनि पछिपछि पछुतो हुनेछ, अहिले खेती राम्रो हुँदा हामीहरु निकै उत्साहित भएका छौँ।' रासस


प्रकाशित : मंगलबार, जेठ २२ २०८१०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend