आइतबार, भदौ २३ गते २०८१    
images
images

यती एयरलाइन्सले सुरू गर्‍यो इलेक्ट्रोनिक ट्याग

images
शुक्रबार, पुस ९ २०७८
images
images
यती एयरलाइन्सले सुरू गर्‍यो इलेक्ट्रोनिक ट्याग
images
images

काठमाडौं- यती एयरलाइन्सले आन्तरिक वायुसेवामा पहिलो पटक इलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ। शुक्रबारदेखि यती एयरलाइन्स मार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरूको लगेज तथा सरसामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ।

images
images
images

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूले यसको प्रयोग पहिलेदेखि नै गर्दै आए पनि आन्तरिक वायुसेवामा यतीले पहिलो पटक यसको प्रयोग गरेको हो।

पहिलो लकडाउन पश्चात् इलेक्ट्रोनिक बोर्डिङ पासको शुरुवात गरेको यतीले हाल ब्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको हो।

यती एयरलाइन्सले यात्रु तथा यात्रुको सरसामानको सुरक्षामा सधै संवेदनशील रहेको आफ्नो सुरक्षात्मक प्रणालिलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै  चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरुप यसको शुरूवात भएको जनाएको छ।

images

यसको प्रयोगले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षात्मक प्रणाली अनुरुप बायुयान संचालनमा मद्धत पुग्ने यती एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

इलेक्ट्रोनिक ट्यागमा गन्तव्य स्थान, फ्लाइट नं, ट्याग नं, यात्रुको नाम तथा बारकोड उल्लेख हुनेछ। यात्रु चेकईन गर्दा यात्रुको बोर्डिङ पास संगै सामानको ट्यागपनी कम्प्युटर प्रणालिबाट प्रिन्ट भएर आउने छ। बारकोड रिडर मार्फत चेक गरेर मात्र वायुयानमा लोड गर्दा अतिरिक्त सामान वायुयानमा नगई चेक इन गरेका सामानमात्र गन्तब्यमा पुग्ने हुँदा यात्रु सुरक्षामा मद्दत पुग्ने एयरलाइन्सले जानकारी दिएको छ।


प्रकाशित : शुक्रबार, पुस ९ २०७८११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend