शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

राष्ट्रिय सभाका सांसद भन्छन् - बजेट बढी महत्वाकांक्षी भयो, कार्यान्वयनमा चुनौती

images
सोमबार, जेठ २१ २०८१
images
राष्ट्रिय सभाका सांसद भन्छन् - बजेट बढी महत्वाकांक्षी भयो, कार्यान्वयनमा चुनौती
फाइल तस्बिर

सांसद अन्जान शाक्यले भने समग्रमा बजेट सन्तुलित र यर्थाथपरक रहेको धारणा राष्ट्रिय सभामा राखे।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बजेट बढी महत्वाकांक्षी भएको भन्दै कार्यान्वयनमा चुनौती देखिएको टिप्पणी गरेका छन्।

images
images
images

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद पूजा चौधरीले बजेट बढी महत्वाकांक्षी भएको टिप्पणी गरिन्। बढ्दो महँगीमा कर्मचारी तलब वृद्धि हुनुपर्ने भन्दै उनले तलब वृद्धिका लागि सरकारको ध्यानाकर्षण गराइन्।

images
images

सांसद तुलप्रसाद विश्वकर्माले पहिलेको तुलनामा यस पटकको बजेटले जनतामा केही आशा जगाउँदै नयाँपन ल्याएको बताए। आगामी वर्षलाई कृषि दशक भनिए पनि कृषिमा बजेट घटेर आएको उनको भनाइ छ। उनका अनुसार बजेटले वैदेशिक ऋणलाई घटाउँदै लैजानुपर्ने छ।

images
images

सांसद अन्जान शाक्यले समग्रमा बजेट सन्तुलित र यर्थाथपरक रहेको बताए। 'निजी क्षेत्रका लागि आवश्यक रकम कसरी जुटाउने?', उनले प्रश्न गर्दै भने, 'विभिन्न नीतिगत कारण बैँक, वित्तीय संस्थाले निजी क्षेत्रलाई कर्जा विस्तार गर्न नसकेको अवस्था छ।'

सांसद नरबहादुर विष्टले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्ने प्रतिबद्धतालाई कानूनीरुपमा लागु गर्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए।

सांसद पदमबहादुर परियारले समग्रमा बजेटले सबै क्षेत्रलाई समान रुपमा समावेश गरेको बताए। सांसदहरु सोनाम गेल्जेङ शर्पा र गोमादेवी तिमिल्सीनालगायतले बजेट जनताकेन्द्रित भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए। रासस


प्रकाशित : सोमबार, जेठ २१ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend