बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २१ २०८१
गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका छन्।

काठमाडौं- गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु भएको छ। पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

होटल संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष हरी शर्मा गैरे, प्रमुख अथिति डीपी अर्याल, विशेष अथिति सुरेन्द्र राज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गण्डकी प्रदेश विन्दु कुमार थापा, आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ लगायतका अथितिहरुको उपस्थिति रहेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह-आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन्।

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरु राखिएका छन्। मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका छन्। 

आज सोमबार र भोलि मंगलबारसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे संवादसमेत हुनेछ। दुई दिनसम्म चल्ने मेलामा पहिलो दिन श्रम आप्रवासन कानूनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ। 

त्यस्तै दोस्रो दिन भोलि शिक्षा र रोजगारी बीचको सेतु कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानूनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा संवाद हुनेछ। 

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ।

मेलामा स्वागत मन्तव्य राख्दै श्रम मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले रोजगारदाता र रोजगारी खोज्नेहरुबीच पुलको काम गर्ने बताए। बाध्यतात्मक वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सांकेतिक पहल भएको उनको भनाइ छ।


प्रकाशित : सोमबार, जेठ २१ २०८११२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend